बाढीले अटो बगाउँदा एकको मृत्यु, दुई जनाको उद्धार
सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिका १ स्थित धरान चतरा सडक खण्डको बाघ खोलामा वर्षाको कारण आएको बाढीले आइतबार को २ ह ९७८५ नम्बरको अटोलाई बगाउँदा उक्त अटोमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
धरानबाट चतरातर्फ जाँदै गरेको सो अटोलाई बाढीले बगाउँदा सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका १ चतराघाट बस्ने १७ वर्षी या ईस्थिविना राईको मृत्यु भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले अटो चालक धरान उपमहानगरपालिका १७ बस्ने ३३ वर्षीय राजु राईलाई सकुशल उद्धार गरेको छ । गम्भीर घाइते भएकी रसुवा जिल्लाको गोसाईंकुण्ड नगरपालिका ३ बस्ने १८ वर्षीया आलिया तामाङलाई उद्धार पश्चात् तत्कालै उपचारको लागि चतरा अस्पतालतर्फ पठाइएको छ ।
सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चतराबाट सशस्त्र प्रहरीको टोली खटिई गई उनीहरूको उद्धार कार्यमा जुटेको थियो । सडकबाट करिब ५ सय मिटर तल फेला परेको उक्त अटोलाई सशस्त्र प्रहरीले सो ठाउँबाट निकाली इलाका प्रहरी कार्यालय चतरामा बुझाएको छ भने राईको शव पोस्टमार्टमको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण