शाहरुखको ‘जवान’ मा दीपिकाको इन्ट्री
बिहीबार, ०९ असार २०७९, १३ : ५५
अभिनेता शाहरुख खानको आउँदो फिल्म ‘जवान’ मा दीपिका पादुकोण पनि देखिने भएकी छन् । फिल्मको मुख्य भूमिकामा नभएर उनी केमियामा देखिन लागेकी हुन् । दीपिका शाहरुखको साथ ‘पठान’ मा पनि देखिँदैछिन् ।
मिडिया रिपोर्टका अनुसार ‘जवान’ मा दीपिकाको छोटो भएपनि महत्वपूर्ण भूमिका रहनेछ । फिल्मको बिषयमा निर्माण युनिट र दीपिकाबीच सहमति भएपनि कागजी सम्झौता भने हुन बाँकी छ । रिपोर्टकाअनुसार हालै शाहरुख हैदरावाद गएका थिए । त्यहाँ उनको दीपिकासँग भेट भएको थियो । त्यही दीपिकासँग फिल्मको विषयमा उनले कुराकानी भएको बताइन्छ ।
फिल्म ‘जवान’ मा शाहरुखको अलवा नयनतार, राणा दग्गुबाती, सान्या मल्होत्रा र सुनील ग्रोवरको मुख्य भूमिका रहनेछ । रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म एटलीले निर्देशन गर्दैछन् । फिल्म आगामी वर्ष २ जुनमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण