शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गीत : म कहाँ जाँदैछु

शनिबार, ११ असार २०७९, ०६ : ३४
शनिबार, ११ असार २०७९

आफैंदेखि भागेर आज म कहाँ जाँदैछु
बिर्सुं भन्दा तिम्रा यादहरु झन सँगै लाँदैछु
जीवनका कति उकाली ओराली हिँड्नुपर्ने हो
हाँसो खोजी हिँड्दा कति आँसु समेट्नुपर्ने हो
नचाहेर नि किन लाग्यो ठेस मायामा म सोच्दैछु
तिम्रै न्यानो माया सम्झेर माघको जाडो भुल्दैछु
पन्छीझैँ उड्ने तिम्रा मेरा कति कति सपना थिए
मेरो लागि तिमी थियौ, तिम्रा लागि त म थिएँ 
किन छाड्यौ साथ तिमीले आज म सोध्दैछु
तिमीले साथ छाडे पनि म त तिम्रै हुँ म भन्दैछु ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप