यस्तो छ तनहुँको पछिल्लो मतपरिणाम: रामचन्द्र पौडेल करिब १८०० मतले पछाडी
तनहुँ - तनहुँका सबै जस्तो क्षेत्रमा अहिले बिहानको पछिल्लो अपडेट सम्म वाम गठबन्धनले अग्रता कायम गरेको छ ।
पछिल्लो अपडेट अनुसार तनहुँ क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसानले १० हजार ९ सय ७३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलले ९ हजार १ सय ९५ मत ल्याएका छन् ।
किसानले पौडेलले भन्दा १७७८ मत बढी प्राप्त गरेका छ्न । २१ हजार ९ सय ३३ मतगणना हुँदा उक्त मतान्तर भएको हो ।
तनहुँ १ मा हेभिवेट मानिएका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बामगठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानसँग पछि परिरहेका छन् । पौडेल मतगणनाको सुरुवात देखी नै पछाडी परिरहेका छन ।
त्यस्तै तनहुँ क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेदवार केदार सिग्देलले अग्रता कायम गरिरहेका छन। उनले ११ हजार २ सय ८१ मत ल्याएका छ्न भने कांग्रेस उम्मेदवार शंकर भण्डारीले १० हजार ४ सय ८५ मत ल्याएका छन् । सिग्देलले मतगणनाको सुरुवात देखि नै अग्रता कायम गरिरहेका छ्न ।
कांग्रेस उम्मेदवार भण्डारी पुर्व बनमन्त्री हुन भने बाम गठबन्धनका साझा उम्मेदवार सिग्देल एमाले जिल्ला अध्यक्ष हुन ।
तनहुँ क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाहेक अरु सबैमा बाम गठबन्धन अगाडि रहेको छ ।
तनहुँ क्षेत्र नम्बर १
बाम- कृष्ण कुमार श्रेष्ठ किसान :१०९७३
कांग्रेस - रामचन्द्र पौडेल : ९१९५
प्रदेश (क)
म - रामबहादुर गुरुङ : ५६३३
कांग्रेस- गोबिन्द भट्टराई : ४८९१
प्रदेश (ख)
बाम - हरिबहादुर चुमान : ४५८५
कांग्रेस- रघुनाथ पौडेल : ३७७१
तनहुँ क्षेत्र नम्बर २
बाम - केदार सिग्देल : ११२८१
कांग्रेस - शंकर भण्डारी : १०४८५
प्रदेश (क)
बाम - आशा कोइराला : ४२२९
कांग्रेस - प्रदीप पौडेल : ४०३५
प्रदेश (ख)
कांग्रेस - ध्रुव वाग्ले : ४०१२
बाम - किरण गुरुङ : ३७५७
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल
-
स्वास्थ्य सम्बद्ध सङ्घसंस्थाका पदाधिकारीहरूलाई अनिवार्य समावेश गर्न माग
-
श्रम संस्कृति पार्टीका सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरे, सभामुख पेलेरै अघि बढे (तस्बिरहरू)
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट १३ जना प्यालेस्टिनीलाई पक्राउ
-
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
-
केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण