मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ तनहुँको पछिल्लो मतपरिणाम: रामचन्द्र पौडेल करिब १८०० मतले पछाडी

शनिबार, २३ मङ्सिर २०७४, ०८ : ५४
शनिबार, २३ मङ्सिर २०७४

तनहुँ - तनहुँका सबै जस्तो क्षेत्रमा अहिले बिहानको पछिल्लो अपडेट सम्म वाम गठबन्धनले अग्रता कायम गरेको छ ।

पछिल्लो अपडेट अनुसार तनहुँ क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसानले १० हजार ९ सय ७३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलले ९ हजार १ सय ९५ मत ल्याएका छन् ।

किसानले पौडेलले भन्दा १७७८ मत बढी प्राप्त गरेका छ्न । २१ हजार ९ सय ३३ मतगणना हुँदा उक्त मतान्तर भएको हो ।

तनहुँ १ मा हेभिवेट मानिएका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बामगठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानसँग पछि परिरहेका छन् । पौडेल मतगणनाको सुरुवात देखी नै पछाडी परिरहेका छन ।

त्यस्तै तनहुँ क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेदवार केदार सिग्देलले अग्रता कायम गरिरहेका छन। उनले ११ हजार २ सय ८१ मत ल्याएका छ्न भने कांग्रेस उम्मेदवार शंकर भण्डारीले १० हजार ४ सय ८५ मत ल्याएका छन् । सिग्देलले मतगणनाको सुरुवात देखि नै अग्रता कायम गरिरहेका छ्न ।

कांग्रेस उम्मेदवार भण्डारी पुर्व बनमन्त्री हुन भने बाम गठबन्धनका साझा उम्मेदवार सिग्देल एमाले जिल्ला अध्यक्ष हुन ।

तनहुँ क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाहेक अरु सबैमा बाम गठबन्धन अगाडि रहेको छ ।

तनहुँ क्षेत्र नम्बर १
बाम- कृष्ण कुमार श्रेष्ठ किसान :१०९७३
कांग्रेस - रामचन्द्र पौडेल : ९१९५

प्रदेश (क)
म - रामबहादुर गुरुङ : ५६३३
कांग्रेस- गोबिन्द भट्टराई : ४८९१

प्रदेश (ख)
बाम - हरिबहादुर चुमान : ४५८५
कांग्रेस- रघुनाथ पौडेल : ३७७१

तनहुँ क्षेत्र नम्बर २
बाम - केदार सिग्देल : ११२८१
कांग्रेस - शंकर भण्डारी : १०४८५

प्रदेश (क)
बाम - आशा कोइराला : ४२२९
कांग्रेस - प्रदीप पौडेल : ४०३५

प्रदेश (ख)
कांग्रेस - ध्रुव वाग्ले : ४०१२
बाम - किरण गुरुङ : ३७५७

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप