शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘तिमीलाई माया’ मा सोनाम र मौसमीको रोमान्स

मङ्गलबार, १४ असार २०७९, ०८ : ५३
मङ्गलबार, १४ असार २०७९

पछिल्लो समय प्रेम र प्रेमपिडामा थुप्रै गीत बन्न थालेका छन् । यस्तैमा प्रेमपिडा समेटेर गायक उत्तम मगरले गीत ‘तिमीलाई माया’ ल्याएका छन् । देवेन्द्र पुनको शब्द, संगीत रहेको गीतमा देवेन्द्र नेवाको संगीत संयोजन छ ।
गीतको भिडियोमा सोनाम शेर्पा, मौसमी गुरुङ र रजनी  राईको अभिनय देख्न सकिन्छ । युवा अवस्थाको प्रेम र आकर्षण भिडियोमा कथा बनाइएको छ ।

दक्षिण कोरियाको विभिन्न रमणीय स्थानमा छायाँकन भएको भिडियो मौसमी गुरुङले निर्देशन गरेकी हुन् । भिडियोका सम्पादन विजेश पौडेलले गरेका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप