भारी वर्षाका कारण डुवानमा झापा

भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा परेको छ । सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुवानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएको छ ।
जिल्लाका कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना–ठूला नदीको बहाव बढेको छ । केही नदी गाउँ पसेका छन् । नदी कटान तीव्र भएकाले नदी गाउँमा पस्ने खतरा रहेको उनलदे बताए । ‘राजमार्ग दक्षिणका अधिकांश भू–भाग ढुवानमा छ । विस्थापितको संख्या कम भए पनि हजारौं घर ढुवानमा परेका छन्,’ ढकलालले भने, ‘केही नदी बस्तीमा पर्ने खतरा छ ।’
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अधिकांश नदी बस्तीमा पस्ने खतरा रहेकाले सतर्क रहन आग्रह गरे । उनले हालसम्म गौरीगञ्ज–१ महाभारामा ४ घर विस्तापित भएको बताए । बाँकी ठाउँबाट विस्तापित भएको सूचना नआएको उनको भनाइ छ । ‘गौरीगञ्ज–१ मा चार घर विस्तापित भएका छन् । केही ठाउँमा नदीले कटान सुरु गरेको छ,’ उनले भने, ‘उद्धारका लागि सुरक्षा निकायको टोली तैनाथ राखेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्रका समस्या आगामी मौद्रिक नीतिमार्फत सुधार गरिन्छ : गभर्नर पौडेल
-
सङ्घीय अस्पतालमा दुई हजारभन्दा बढी जनशक्ति थप्ने तयारी
-
१० बजे १० समाचार : गृहमन्त्रीलाई मार्गप्रशस्त गर्न सुझावदेखि राजावादीको आन्दोलन ‘छिन्नभिन्न’सम्म
-
भारतसहित सुदूरपश्चिममा कोभिड देखिएपछि झापाका सीमा नाकामा कडाइ
-
संसदीय दलको नेता चयनका विषयमा छलफल चलेको छैन : सांसद पन्त
-
पाँचथर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा