पानी तान्ने मोटरबाट करेन्ट लागेर एक वृद्धको मृत्यु
सोमबार, २० असार २०७९, २२ : ३२
उदयपुरको त्रियुगा नगरपालिका–८ देउरीमा करेन्ट लागेर १ जना वृद्धको मृत्यु भएको छ । आइतबार बिहान स्थानीय ६५ वर्षीय मन्तु चौधरीले पानी तान्ने मोटर जडान भएको ट्युवेल चलाउँदा अचानक करेन्ट लागि गम्भीर घाइते भएका थिए ।
घाइते चौधरीलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण