तिल्केवासीको नियित : पानी परेपछि घर छोडेर अस्थायी टहरामा आश्रय
कटारी नगरपालिका– १० सोरुङ्ग तिल्केचौरका स्थानीय अस्थायी टहरामा वस्न थालेका छन् । जमिन नै भासिएर पहिरोको उच्च जोखिममा रहेका तिल्केवासी वर्षा सुरु भएपछि ज्यान जोगाउन अस्थायी टहरामा बस्न थालेका हुन् ।
त्यहाँ १७ घर पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताए । १७ घरमध्ये ११ घरपरिवार टहरामा र अन्य सदस्य आफन्तका जाने गरेका छन् ।‘पानी परेपछि टहरामा बस्नुहुन्छ ’वडाध्यक्ष खड्काले भने । बस्तीभन्दा ५ सय मिटरमाथि अस्थायी टहरा निर्माण गरिएको छ ।
कटारी नगरपालिका र नेपाल रेडक्रस सोसाईटीको सहयोगमा प्राप्त सामाग्रीबाट स्थानीय आफैले सुरक्षित स्थानमा टहरा निर्माण गरेको वडाध्यक्ष खड्काले बताए । स्थानीयका अनुसार गाउँभन्दा माथिबाट तलसम्म २०० मिटर जमिन फाटेर भासिँदै चिरा परेकाले जतिबेला पनि पहिरो जाने खतरा छ ।
आईतबारदेखि गाउँलेहरू पानी नपर्दा गाउँघरमा रहे पनि पानी परेपिछ टहरामा बस्ने गरेका छन् । गाउँ नै पहिराको उच्च जोखिममा परेपछि समयमै आफूहरूको उद्धार नभए जतिखेर पनि ज्यान खतरामा रहेको तिल्केवासी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण