काकरभिट्टामा दुई संगठनबीच झडप भएको छैन : प्रहरी
बिहीबार, २३ असार २०७९, ११ : ११
झापाको काकरभिट्टामा सशस्त्र र नेपाल प्रहरीबीच झडप भएको कुरा दुवै संगठनले अस्वीकार गरेका छन् । असार २२ मा झडप भएको कुरा सार्वजनिक भएको अस्वीकार गर्दै झापामा कार्यरत नेपाल प्रहरीका डिएसपी वसन्त पाठक र सशस्त्र प्रहरी बलका डिएसपी प्रेमबहादुर भण्डारीले संयुक्त प्रेश विज्ञप्ति निकालेका छन् ।
बुधवार काकरभिट्टाबाट शरीरमा लुकाएर सुपारी लैजाँदै गरेका बंगलादेशका नागरिकलाई प्रहरी टोलीले पक्राउ गरेको तर, झडप नभएको झापाका एसपी विश्वमणि पोखरेलले रातोपाटीलाई बताए । ‘लुकाएर सुपारी लैजानेहरूलाई हाम्रो टोलीले पक्राउ गरेको थियो’ एसपी पोखरेलले भने–‘तर, त्यहाँ खटिएका सशस्त्र प्रहरीसँग कुनै झडप भएको छैन ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण