शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ओखलढुंगामा लडेर एक पुरुषको मृत्यु

बिहीबार, २३ असार २०७९, २१ : ३४
बिहीबार, २३ असार २०७९

ओखल ढुंगामा पाखा बारीको डिलबाट लडेर एक पुरुषको मृत्यु भएको छ । लडेर ज्यान गुमाउनेमा जिल्लाको मोलुङ गाउँपालिका–८ सेरबानी निवासी ५१ वर्षीय युवराज राई रहेका छन् ।

बिहीबार बिहान आफ्नै पाखा पारीको गोठमा उनी गाईबस्तुलाई घाँस दिन गएका थिए । सोही क्रममा लडेर उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक केशब अधिकारीले बताए ।

प्रहरीका अनुशार मृतक राई बारीको डिलबाट झन्डै ५० मिटर तल खसेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप