शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

झापामा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

शुक्रबार, २४ असार २०७९, १६ : २६
शुक्रबार, २४ असार २०७९

झापाको कन्काई नगरपालिका–३ एकान्त टोलमा मे.१ त ७८३१ नम्बरको ट्रयाक्टरले रोकी रहेको मे.१ ह ६९६० नम्बरको अटोलाई शुक्रबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अटोमा सवार सोही नगरपालिका–३ बस्ने ३४ वर्षीया कमला नेपाल रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका अटोमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप