शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जंगलमा बेवारिसे अवस्थामा वृद्धको शव फेला

शनिबार, २५ असार २०७९, २२ : १६
शनिबार, २५ असार २०७९

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ शंखुमा बेवारिसे अवस्थामा वृद्धको शव फेला परेको छ । बाम्राङको शंखुस्थित जंगलमा शनिबार दिउँसो नाम, थर र वतन नखुलेको अन्दाजी ६५/७० वर्षको देखिने मंगोलियन फेसको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

सड्न लागिसकेको शव घटनास्थल लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान पुरा गरेर जिल्ला अस्पतालको शव गृहमा लगेर राखिएको छ ।  रातो र कालो रंगको ज्याकेट, पहेँलो र फुस्रो रंगको जम्फर, कालो पेन्ट लगाएको, कम्मरमा कपडाको डोरीले पेन्ट बाँधेको वृद्धको गहुँगोरो अनुहारमा हल्का कपाल, दाह्रीजुँगा फुलेको देखिएको छ । 

उनको उचाइ अन्दाजी ५ फिट ५ इन्च रहेको प्रहरीको अनुमान छ । शव फेला परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थल लास जाँच मुचुल्काको लागि शंखु पुगेको थियो । बेवारिसे शवको पहिचान भए वा आफन्तको भए सम्पर्क गर्न प्रहरीले आव्हान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप