शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लामो दौडका क्रममा लडेर बेहोस भएका प्रशिक्षार्थी प्रहरीको मृत्यु

आइतबार, २६ असार २०७९, १० : ३१
आइतबार, २६ असार २०७९

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ ।

तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार निज बोहरा यही असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका र उपचारका क्रममा उनको मृत्यु भएको हो । 

घाइते बोहराको लामो समयसम्म होस नआएपछि हेलिकोप्टरमार्फत उपचारका लागि कोहलपुर सिफारिस गरिएकामा उपचारकै क्रममा कोहलपुरस्थित शिक्षण अस्पतालमा मृत्यु भएको सूचना अधिकारी बोहराले बताए । उनको मृत्युको अन्य कारण नखुलेको र शव परीक्षणपछि थाहा हुने सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप