पिकअपको ठक्करबाट अटो चालकको मृत्यु
सोमबार, २७ असार २०७९, २२ : ३५
झापामा पिक अपको ठक्करबाट अटो चालकको मृत्यु भएको छ । सोमबार दिउँसो २ ३० बजे झापाको बुद्धशान्ति गाउँपालिकास्थित मेची राजमार्गमा को २ च २०६३ नम्बरको पिकअपको ठक्करबाट मे १ ह ४६४४ नम्बरको अटोलाई ठक्कर दिँदा सोही गाउँपालिका ७ का ४१ वर्षीय चालक भानु खड्काको मृत्यु भएको हो ।
दुर्घटनामा सोही ठाउँ बस्ने १ वर्षीया बिना सेञ्चुरी, सोही गाउँपालिका ४ बस्ने ३२ वर्षीय इन्दिरा राई घाइते भएका छन् । चालक खड्काको बिएनसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडी र चालक ५१ वर्षीय दिलीपकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण