शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विराटनगरबाट १ वर्षकी बालिका अपहरित ! ३४ घण्टामा पनि भेटिएन

प्रहरी भन्छ - खोजी तीब्र पारेका छौं
मङ्गलबार, ०३ साउन २०७९, १८ : १२
मङ्गलबार, ०३ साउन २०७९

विराटनगरबाट सोमबार बिहान ८ बजेदेखि अपहरणमा परेकी एक वर्षीया बालिकाको अवस्था अझै पत्ता लागेको छैन । विराटनगर–१३ रोड शेषकी ममता यादवकी छोरी निकिसा यादव सोमबार बिहान ८ बजे अपहरणमा परेकी हुन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइरालाले बालिकाको उद्धारका लागि तीव्र खोजी भइरहेको जानकारी दिए । ‘हामी बालिकाको अपहरणको गम्भीर अनुसन्धानमा छौं,’ उनले भने, ‘प्रहरीको अनुसन्धान टोली बालिकाको तीव्र खोजीमा छ ।’

बालिकाको बुबा दीपेन्द्र यादवले निकिसालाई रोड शेषनजिकै रहेको चियापसल पुर्याएका थिए । दीपेन्द्रको चिनजानमा रहेकी एक महिलाले निकिसालाई लिएर फरार भएको प्रहरीको भनाइ छ । के कारण बच्चालाई अपहरण गरेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । बच्चा लिएर बेपत्ता भएकी युवती मोरङ, सुनसरीकै क्षेत्रमा रहेको प्रहरीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप