शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोना सङ्क्रमण निरन्तर उकालो, युरोप र अमेरिकामा घट्दै

बुधबार, ०४ साउन २०७९, १० : १९
बुधबार, ०४ साउन २०७९

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या झनै बढ्दो । पछिल्लो २४ घण्टामा देशमा १७ हजार ६५५ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने २९ जनाको मृत्यु भएको छ । 

यही अवधिमा १४ हजार ५०९ सङ्क्रमणमुक्त पनि बनेका छन् । हाल भारतमा सक्रिय बिरामीको सङ्ख्या १ लाख ४२ हजार ७३९ रहेको छ । सोमबार देशमा १५ हजार ५२८ नयाँ कोरोना सङ्क्रमित भेटिएका थिए भने २५ जनाको मृत्यु भएको छ । देशमा दैनिक सङ्क्रमण दर ३.३२% छ । 

ओमिक्रोनका दुई उप-भ्यारियन्ट बीए.४ र बीए.५ बढ्दो सङ्क्रमणका जिम्मेवार मानिएका छन् । दुई भेरियन्टबाट ६५ प्रतिशत सङ्क्रमितमा पाइएको छ । अस्पतालमा शय्याको अभाव रहेको अवस्था गम्भीर छ । 

उता दक्षिण अस्ट्रेलियामा ८० भन्दा बढी एम्बुलेन्स चालकमा कोरोना देखिएको छ, जसका कारण एम्बुलेन्स सेवा ठप्प भएको छ । भिक्टोरियामा १० हजारभन्दा बढी नयाँ बिरामी भेटिएका छन् । जसमध्ये ८०० जना अस्पताल भर्ना छन् भने ३५ आईसीयूमा छन् । त्यहाँ १८ जनाको मृत्यु भएको थियो । न्यू साउथ वेल्समा दैनिक ९ हजार केस फेला परेका छन् । अस्पतालमा २१ सयभन्दा बढी बिरामी भर्ना छन् । आईसीयूमा थप ६४ जनाको मृत्यु भएको छ ।

उता युरोपमा भने  नयाँ केस र मृत्यु कम हुन थालेको छ। तर, फ्रान्स र इटालीमा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । युरोपमा एक हप्तामा २५.६५ लाख केसहरू भेटिएका छन् । एक हप्तामा त्यहाँ सङ्क्रमितहरू १८% ले घटेको छ। उत्तर अमेरिकामा पनि नयाँ केस र मृत्यु घट्दै गएको छ। गत हप्ताको तुलनामा सङ्क्रमितको सङ्ख्या ९% कम भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप