पूर्वराजाको नाममा उठाएको पैसा बुझे नवराज सुवेदीले
काठमाडौँ । राजावादी समूहले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन गरेपछि काठमाडौँ महानगरपालिकाले त्यसको भोलिपल्ट पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काट्यो । राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णयसहित पत्र काटेको थियो ।
महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेपछि राजावादीले भने पूर्वराजा आयोजक नभएकाले उनलाई पत्र काट्नु न्याससंगठन भएको जिकिर गर्दै आएका छन् । उसो त महानगरपालिकाले लिएर गएको पत्र समेत निर्मल निवासले अस्वीकार गरेको थियो ।
यसरी तीनकुने घटनामा बालेन शाह नेतृत्वको महानगरले पत्र काटेपछि विदेशमा बस्ने नेपालीहरुले उक्त जरिवाना नागरिकस्तरबाट तिर्ने भनेर पूर्वराजाको नाममा चन्दा संकलन अभियान समेत चलाएका थिए । जसमा पोर्चुगल बस्दै आएका रमेशराज बास्तोलालगायत सक्रिय रुपमा संलग्न थिए ।
सोही अभियानबाट उठाइएको रकम काठमाडौँ महानगरपालिकालाई त भुक्तानी गरिएको छैन तर राजावादीको अभियानलाई हस्तान्तरण गरिएको छ । हिन्दू राष्ट्र तथा राजसंस्था पुनःस्थापना अन्तर्राष्ट्रिय प्रवासी नेपाली संघर्ष समितिका सदस्य सचिव अंगत प्रसाद देवकोटालगायतले बिहीबार ८ लाख ३९ हजार ४०० रुपैयाँ राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । यद्यपि समितिले उक्त रकमबाट जरिवाना तिर्ने कि नतिर्ने भन्नेबारे कुनै निर्णय गरिसकेको छैन ।
राप्रपाका प्रवक्ता सगुन लावतीले पूर्वराजा संलग्न नै नभएको आन्दोलनमा जोडेर महानगरले काटेको पत्र सही नभएको बताए । सोही कारण हालसम्म जरिवाना नतिरिएको उनको भनाइ छ । सुवेदीले उक्त रकम आफूले बुझेको अभियानको लेटरहेडमार्फत नै लिखित गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण