पाकिस्तानसँगको तनावबिच इन्डियन आयल कर्पोरेसनको अपिल
शुक्रबार, २६ वैशाख २०८२, १२ : ५६

नयाँ दिल्ली । इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले शुक्रबार देशभर पर्याप्त इन्धन भण्डार रहेको र मानिसहरू आत्तिनु पर्ने कुनै आवश्यकता नभएको बताएको छ।
‘इन्डियन आयलसँग देशभरि पर्याप्त इन्धनको भण्डार छ र हाम्रो आपूर्ति लाइनहरू कुनै पनि समस्या बिना राम्रोसँग चलिरहेका छन्,’ इन्डियन आयलको आधिकारिक एक्स खातामा पोस्ट गरेको छ ।
उक्त पोस्टमा मानिसहरूलाई अपिल गरिएको छ, ‘आत्तिनु पर्दैन - इन्धन र एलपीजी हाम्रा सबै आउटलेटहरूमा सजिलै उपलब्ध छन्।’ मानिसहरूलाई शान्त रहन र अनावश्यक भीडभाडबाट बच्न सल्लाह दिइएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार इन्डियन आयलको यो बयान सामाजिक सञ्जालमा पेट्रोल पम्पहरूमा इन्धन किन्न मानिसहरूको भीड देखिएको पोस्ट र भिडियोहरू सार्वजनिक भएपछि आएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
गभर्नरको रेसमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट पाए अवकाश, राजीनामाबारे यस्तो प्रस्टोक्ति
-
दुई दशकदेखि सफल हुन नसकेको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो