आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

अटोरिक्साको ठक्करबाट बालकको मृत्यु

बिहीबार, २५ वैशाख २०८२, २१ : ३४
बिहीबार, २५ वैशाख २०८२

अमरगढी । आलिताल गाउँपालिका–८ गोदाम बजार नजिक अटोरिक्साको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

भीनपा ००१ ह ०१२६ नम्बरको अटोरिक्साले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका चार वर्षीय विवेक विकको ज्यान गएको हो । बुडरबाट जोगबुढातर्फ जाँदै गरेको अटोरिक्साले पैदल हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको हो । 

विकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अटोरिक्साका चालक भने फरार छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप