विवादकाबिच अभिनेत्री सुरक्षा पन्तले पोस्ट गरिन् अनौठो तस्बिर
काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त केही दिन अगाडि विवादमा तानिएकी थिइन् । पूर्व राजपरिवारका सदस्यको विषयमा उनले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा उनी विरुद्ध गालीको वर्षा आएको थियो । सुरक्षा अभिनीत फिल्म ‘खेल’ बहिष्कारमा समेत पर्यो ।
चौतर्फी आलोचना भएपछि एक कविता सार्वजनिक गर्दै मौन बसेकी सुरक्षा अहिले बिस्तारै सामाजिक सञ्जालमा फर्किन थालेकी छन् । यसैबिच उनले शुक्रबार फेसबुकमा एउटा तस्बिर सार्वजनिक गरेकी छन् ।
सार्वजनिक तस्बिरमा कुनै भाषाको अक्षर प्रिन्ट भएको जस्तो उनी कमलको फूलबिचमा देवी जस्तै बसेकी छन् । टाउकोमा कालो चस्मा अड्याएकी छन् । ट्याटु भएको हातमा रंगीचगी चुरा लगाएकी छन् । सुरक्षालाई झट्ट हेर्दा कुनै देवी अर्थात दुर्गा भवानीको अवतार जस्तो देखिएको छ, अझ कतिले त माता सरस्वतीसम्म भनेका छन् ।
यद्यपि, उनले तस्बिरका लागि ब्याकग्राउण्डका लागि छनोट गरेको गीत ‘दर्याम दर्याम’ छ । तस्बिरमा प्रतिक्रिया दिनेहरूले तस्बिरमा देवीजस्तै शक्तिशाली देखिएता पनि गीत नसुहाएको बताएका छन् ।
सुरक्षाको तस्बिरलाई प्रतिक्रिया दिनेहरूले अनेक अर्थ लगाएका छन् । आफूलाई अनावश्यक आलोचना र प्रतिक्रियाले केहि फरक नपर्ने कुराको सङ्केत तस्बिरमार्फत दिएको हुनसक्ने आङ्कलन गरिएको छ ।
कसैले भने विवादकाबिचमा अभिनेत्री सुरक्षाले यस्तो अनौठो पोस्ट किन गरिन् होला ? भनेर प्रश्न समेत उठाएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण