मोरङको दुई स्थानबाट युरेनियम जस्तो देखिने पदार्थसहित १५ जना पक्राउ
युरेनियम जस्तो देखिने पदार्थसहित मोरङ प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित ट्राफिक चोकमा रहेको ठुलदाइको होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद गरेको हो ।
यस्तै विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित दुध फारमबाट पनि ९७८.६ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद भएको मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीले होटलबाट ८ जना र दुध फारामबाट ६ जनालाई पक्राउ गरेको हो।
होटलबाट पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–७ बस्ने शिव शंकर पासवान, प्रदीप पुरी, लक्ष्मण शर्मा, वडा नम्बर ४ बस्ने मुकेश कुमार साह, कटहरी गाउँपालिका वडा नम्बर २ बस्ने दिलिप कुमार शर्मा, विराटनगर महानगरपलिका वडा नम्बर १२ बस्ने फटिक कुमार कार्की, सोलुखुम्बुको माग्पे गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष गोपाल मगर, खोटाङको हलेसी नगरपालिका वडा नम्बर ९ बस्ने किरन राई रहेका छन् ।
यस्तै फारामबाट पक्राउ परेकामा गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ बस्ने जीवन गुरुङ, महोत्तरी अब्दुल गनी खान, चन्दन कुमार महतो, मोरङका रबिन्द्र गच्छेदार, मकवानपुरका दिपक बहादुर भ्लोन, महोत्तरीका उमेश प्रसाद यादव र सिन्धुलीका श्याम घिमिरे रहेका छन् । युरोनियम जस्तो देखिने पदार्थ परीक्षणका लागि पठाइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण