डुबेर बालिकाको मृत्यु
बिहीबार, ०५ साउन २०७९, १७ : २४
मोरङमा पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ । जिल्लाको पथरी शनिश्चरे–९ सगरमाथा चोकस्थित पैनीको पानीमा डुबेर तेह्रथुम छ थर गाउँपालिका–३ घर भई हाल पथरीशनिश्चरे ९ मा बस्दै आएका कुमार लिम्बुको १९ महिनाकी छोरी स्नेहा लिम्बुको मृत्यु भएको हो ।
आँगनमा खेल्ने क्रममा नजिकै रहेको पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मृतकको शवलाई पोष्टमार्टमका लागि मंगलबारे अस्पताल पठाएको छ । घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण