प्रहरी नायव उपरीक्षक कुँवर “सर्वोत्कृष्ट प्रहरी” घोषित
इलाका प्रहरी कार्यालय अनारमनी झापाका प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवर “सर्वोत्कृष्ट प्रहरी” घोषणा भएका छन् । कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको हो ।
कुँवरले झापा अर्जुनधारा नगरपालिका-४ जुकेखाडी अज्ञात व्यक्तिले हत्या गरी फालेको पुरुषको शवको पहिचान खुलाउनुका साथै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएका थिए । लागुऔषध, चोरीलगायतका घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी नागरिकहरूमा सुरक्षाको अनुभूति गराएकाले प्रहरी नायव उपरीक्षक कुँवरलाई २०७९ साल असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको १ नम्बर प्रदेश प्रहरीले जनाएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयले प्रदेशका प्रहरीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिण्ट प्रदेश प्रहरी कार्यालय तथा ‘क’ स्तरका प्रहरी कार्यालयहरूमा १ महिनासम्म राखिँदै आइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण