ट्रयाक्टरले किच्दा बालकको मृत्यु
शुक्रबार, ०६ साउन २०७९, ०९ : ००
भोजपुर नगरपालिका–१२ छचौतारामा ट्रयाक्टरले किच्दा बालकको ज्यान गएको छ । बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे १ त ७४४४ नंको ट्रयाक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिए । ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताए । बालकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
-
राष्ट्रिय युवा परिषद्को वार्षिक कार्यक्रम प्रभावकारी बनाउन मन्त्री यादवको निर्देशन
-
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना
-
अप्ठ्यारो संसदीय अंकगणित, उपधारा-५ बाट तेस्रो मुख्यमन्त्री को ?
-
बाँकेमा कृषि भण्डारण केन्द्र निर्माण
-
देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण