प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय छलफल हुँदै
शुक्रबार, ०६ साउन २०७९, ११ : १८
प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरु सम्मिलित बैठक आज बस्दैछ । प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा बैठक बस्न लागेको हो । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेका हुन् । आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । यद्यपि अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् ।
नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहुपहिचानको अडान लिँदै आएका छन् । सर्वदलीय बैठक दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा बस्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण