शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश १ को नामाकरणमा अझै जुटेन सहमति

शुक्रबार, ०६ साउन २०७९, १६ : ४४
शुक्रबार, ०६ साउन २०७९

प्रदेश १ को नामाकरणका लागि सहमति जुटाउन बसेका दलहरूको बैठक विना निष्कर्ष सकिएको छ । सभामुख प्रदीपकुमार भण्डारीका अनुसार अर्को बैठकमा छलफल गर्ने सहमति गर्दै शुक्रबारको बैठक सकिएको हो ।

एमाले नेता जीवन घिमिरेले पनि अर्को बैठकमा छलफल गर्नेगरी बैठक सकिएको जानकारी दिए । बैठकमा नेपाली काँग्रेसले ८ गते बस्ने प्रदेशसभामै प्रक्रियामा जान प्रस्ताव गरेको थियो । काँग्रेस संसदीय दलका नेता राजिव कोईरालाले आफ्नो दलले प्रक्रियामा जान जोड दिएको बताए । उनले साझा पहिचानमा जान जोड गरेको र नभए सहमतिमा जान आग्रह गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप