एकल पहिचानबाट माओवादी ‘ब्याक’, कोशी–किरातको अडान
प्रदेश १ को नामकरणको बहस चलिरहेको बेला नेकपा (माओवादी केन्द्र) एकल पहिचानको मुद्दाबाट ‘ब्याक’ भएको छ । सुनसरीको इटहरीमा आज बसेको माओवादी केन्द्र प्रदेश १ समितिको बैठकले एकल पहिचान (किरात–लिम्बुवान–कोचिला) बाट ‘ब्याक’ हुँदै बहुपहिचान (कोशी–किरात)मा जाने निर्णय गरेको हो ।
बैठकमा प्रदेश १ का माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी किरातको प्रस्ताव गरेका थिए । उनले आफ्नो पार्टीले भनेजस्तो एकल पहिचान प्रदेशसभाको सिट संख्याको हिसावले पनि सम्भव नभएको र अन्य दलहरु सहमत हुने अवस्था पनि नरहेको स्पष्ट पार्दै कोशी किरातमा आफ्नो पार्टी पनि सहमत हुनुपर्ने बताएका थिए ।
आङ्बोको उक्त प्रस्तावलाई प्रदेश १ का माओवादी अध्यक्ष हर्क नेम्वाङ (मिक्सो)ले पनि समर्थन जनाउँदै थप ब्याख्या गरेका थिए । त्यसपछि कोशी किरातमा जाने औपचारिक निर्णय गरेको माओवादी स्रोतले जनाएको छ ।
माओवादीले यसअघि १ नम्बर प्रदेशका १४ जिल्लालाई किरात प्रदेश, लिम्बुवान प्रदेश, कोचिला प्रदेश भन्दै आएको थियो । कुनै समय माओवादीले विभिन्न गणराज्यहरू घोषणा गर्दै सोही अनुसार संघीयता स्थापित हुनुपर्ने बताएको थियो ।
ती अडानहरुबाट पछि हट्दै माओवादी बहुपहिचानमा आइपुगेको हो । यद्यपि कोशी किरातको अडान आफ्नो अन्तिम बटम लाइन भएको माओवादीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण