शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विजयी  किसानले बाचा सम्झिए, ‘एकवर्ष भित्र छाब्दीमार्ग कालोपत्रे हुन्छ’

सोमबार, २५ मङ्सिर २०७४, २१ : १२
सोमबार, २५ मङ्सिर २०७४

किरण श्रेष्ठ 
तनहुँ – बामगठबन्धन तनहुँको क्षेत्र नं १ का प्रतिनिधीसभाका  उम्मेद्वार कृष्णकुमार श्रेष्ठ किसानले एक वर्ष भित्र छाब्दीमार्ग कालोपत्रे गरिने बताएका छन् । 

प्रतिनिधीसभाको निर्वाचनमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएर विजयी हासिल गरेपछि सोमबार छाब्दीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता श्रेष्ठले आफुले बोलेको वचन पुरा गरेर छाड्ने बताए ।    

   छाब्दी वाराही क्षेत्रको विकासको लागि गुरुयोजना बनाएर काम गर्ने योजना रहेको सो अवसरमा नेता श्रेष्ठले बताए । नेता श्रेष्ठ सोमबारै रुपाकोट, भानु नगरपालिकाको वडा नं १, ३, ८, ९, १० लगायतका क्षेत्रका मतदाताहरुसंग भेटघाट गरी धन्यवाद दिएका थिए ।  

 

कोइराला भोलिदेखि मतदाता कहाँ जाने 

      त्यसैगरी बामगठबन्धन तनहुँ क्षेत्र नं २ को क प्रदेशसभाको उम्मेद्वार आशा कोइरालाले भोलिदेखि जनताको घरदैलोमा पुग्ने बताएकी छन् । सोमबार विशेष छलफलमा रहेकोले जनताको घरदैलोमा पुग्न नसकेको बताउँदै नेतृ कोइरालाले दमौलीको चापाघाटदेखि कोत्रेसम्म वृहत र्यालीको समेत आयोजना गरिएको जानकारी दिइन् । 

त्यसैगरी अन्य बामगठबन्धनका उम्मेद्वारहरु पनि जनताको घरदैलोमा पुगेर भेटघाट कार्यमा व्यस्त रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप