शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

वीपीका विचार परिवर्तनको मार्गदर्शक : नेता सिटौला

शुक्रबार, ०६ साउन २०७९, २२ : ५१
शुक्रबार, ०६ साउन २०७९

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले हरेक लोकतान्त्रिक आन्दोलनमा महामानव विश्वेश्वरप्रसाद कोइराला (विपी) का विचार सदैव मार्ग दर्शकका रूपमा रहेको बताएका छन् । ४० औँ विपी स्मृति दिवसका अवसरमा भद्रपुर–१० स्थित विपीचोकमा आयोजित एक कार्यक्रममा उहाँले विसं २००७ सालदेखि हालसम्मका हरेक परिवर्तनका लडाइँमा वीपीका विचार मार्ग दर्शकका रूपमा रहँदै आएको बताए ।

त्यस्तै नेता सिटौलाले सङ्घीय गणतन्त्रको रक्षाका लागि पाँच दलको सहकार्य निरन्तर रहने बताउँदै भने, “स्थानीय तहको निर्वाचनले त्यो प्रस्ट पारिसकेको छ, सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धनको सहकार्य निरन्तर रहनेछ ।” सङ्घीय गणतान्त्रिक नेपालको मुद्दा उल्ट्याउने प्रतिगामी सोच कुनै पनि हालतमा सफल नहुने बताउँदै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र रहेको उल्लेख गरे ।

काँग्रेस भद्रपुर नगर सभापति रामबहादुर कँडेलको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका झापा सभापति देउमान थेवे, महाधिवेशन प्रतिनिधि गोमा भट्टराईलगायतका वक्ताले नेपाली राजनीतिमा वीपीको चर्चा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप