मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीबाट जो पराजित भए

मङ्गलबार, २६ मङ्सिर २०७४, १२ : ३६
मङ्गलबार, २६ मङ्सिर २०७४

परासी–हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा नवलपरासीबाट ३ जना पुर्व राज्यमन्त्री पराजित भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा विभिन्न क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा रहेका ती ३ जना पूर्वराज्य मन्त्री मन्त्री हार्न बाध्य भए ।


जिल्लामा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । उक्त प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ३ जना पुर्वराज्य मन्त्री र ३ जना पुर्व सांसदहरु पराजित भएका छन् । पराजित हुने पुर्वराज्य मन्त्रीहरुमा एक नेकपा माओबादी केन्द्रको पोलिट ब्युरो सदस्य घनश्याम यादव हुन् । यादव २०६४ सालमा रुपन्देहिबाट संसदिय निर्वाचन जिती त्यतिबेला स्थानिय विकास राज्यमन्त्री खाएका थिए ।

त्यस्तै अर्काे नेता राजपा नेपालको केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरी हुन् । चौधरी २०६४ सालमा यसै जिल्लामा तमलोपाबाट समानुपातिकमा परि शिक्षाराज्य मन्त्री बनेका थिए । यता तेश्रो पुर्व राज्य मन्त्री रामबचन यादव हुन् । नेता यादव २०६४ सालको मधेशी जनलहरमा फोरम लोकतान्त्रिकबाट सांसद पदमा निर्वाचित भई रक्षाराज्य मन्त्री भएका थिए ।

नेता घनश्याम यादव र गोविन्द चौधरी जिल्लाको प्रतिनिधि सभा २ मा प्रतिनिधि सभा सदस्य (सांसद) पदमा चुनाव लडेका थिए । यि दुईटै नेता एक अर्काको प्रतिस्पर्धी रहे संगै यस क्षेत्रबाट बिजयी नेता नेपाली कांग्रेसको केन्द्रिय सदस्य एवं पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल संग पराजित भए ।

नेता रामबचन यादव प्रतिनिधि सभा सदस्यमा नलडि प्रतिनिधि सभा २ को प्रदेश सभा २ मा प्रदेश सभा सदस्य (विधायक ) पदमा लडेका थिए । नेता यादव चुनावलाई आफनो पक्षमा पार्न विभिन्न गुणभाग लगाईरहदा उनी यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मदेवार बैजनाथ जयसवाल संग पराजय व्यहोर्न प¥यो ।
जिल्लामा ३ पुर्व सांसद पनि पराजित भएका छन् । वि.स.२०७० सालको दोश्रो संविधान सभाको निर्वाचनमा नेता ह्देश त्रिपाठीलाई हराउने नेपाली कांग्रेसका नेता एवं पुर्व सांसद देवकरण कलवार यस पटक नेता त्रिपाठी संगै पराजित भएका छन् । जिल्लाको प्रंतिनिधि सभा १ मा प्रतिनिधि सभा सदस्य (सांसद) पदका उम्मदेवार बनी त्रिपाठी संगको कडा प्रंतिस्पर्धामा रहेको नेता कलवारलाई यस पटक हार व्यहोर्न परेको छ ।

त्यस्तै कांग्रेसको अर्काे नेता एवं पुर्व सांसद विक्रम खनाल, यस पटक बाम गठबन्धन तर्फबाट नेकपा एमालेका उम्मदेवार दिपेन्द्र अधिकारी संग पराजित भएका छन् । सोहि क्षेत्रको प्रदेश सभा १ मा प्रदेश सभा सदस्य (विधायक) पदमा लडेका नेता खनाल अधिकारी संग ३ हजार भन्दा बढि मतले पराजित भएका छन् । गत संविधान सभाको निर्वाचनमा नेता खनालले  अधिकारीलाई नै हराएका थिए तर यस पटक अवस्था फेरियो ।

यता अर्काे हार्ने सभाषद नयाँ शक्ति नेपालको केन्द्रिय सदस्य चिनक कुर्मी हुन् । नेता कुर्मी प्रतिनिधि सभा २ मा नेता कण्डेल, नेता यादव र नेता चौधरी संगक चुनाव लडेका थिए । नेता कुर्मी यि उम्मदेवारहरु संगको प्रतिस्पर्धामा नै थिएनन् । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा नेता कुर्मी बिजयी भएका थिए । तर २०७० र २०७४ सालको निर्वाचनमा भने उनलाई पनि हार व्यहोर्न परेको छ । पुर्वराज्य मन्त्री र सांसद संग विभिन्न जिल्ला एवं केन्द्रिय नेताहरु यहाँ पराजित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप