वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन
बुधबार, ११ साउन २०७९, १० : ३६

वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला घर भएका ५५ वर्षीय कडायतको सेती प्रादेशीक अस्पतालमा बुधबार निधन भएको हो ।
अचेत अवस्थामै धनगढी स्थित नवजीवन अस्पताल पुर्याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन नसके पछी सेती प्रादेशीक अस्पतालमा भर्ना गरेर उपचार भइ रहेको थियो ।
उनको मस्तिष्क घातका कारण मृत्यु भएको सेती प्रादेशीक अस्पतालले जनाएको । कडायत २०४९ सालदेखि देउडा गायन क्षेत्रमा सक्रिय रहेका थिए । लोक देउडा गायक कडायत ले ‘कर्णालीका भेल’‘बझाङी काल्या’ ‘ल बिणी खान्या की’लगायत बिभिन्न चर्चित गीतमा गाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण
-
जान्नुहोस् हज सम्बन्धी पाँच विशेष कुराहरू
-
संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम
-
सिङ्दी–दूधपोखरी हुँदै हर्पिङडाँडासम्म पदमार्गको खोजी गरिँदै
-
नेपालको ऐतिहासिक जित: १ विकेटले स्कटल्याण्ड स्तब्ध
-
१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल