वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन
बुधबार, ११ साउन २०७९, १० : ३६
वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला घर भएका ५५ वर्षीय कडायतको सेती प्रादेशीक अस्पतालमा बुधबार निधन भएको हो ।
अचेत अवस्थामै धनगढी स्थित नवजीवन अस्पताल पुर्याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन नसके पछी सेती प्रादेशीक अस्पतालमा भर्ना गरेर उपचार भइ रहेको थियो ।
उनको मस्तिष्क घातका कारण मृत्यु भएको सेती प्रादेशीक अस्पतालले जनाएको । कडायत २०४९ सालदेखि देउडा गायन क्षेत्रमा सक्रिय रहेका थिए । लोक देउडा गायक कडायत ले ‘कर्णालीका भेल’‘बझाङी काल्या’ ‘ल बिणी खान्या की’लगायत बिभिन्न चर्चित गीतमा गाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण