बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्युठानमा जिप दुर्घटना,  एक महिलाको  मृत्यु

शनिबार, १४ साउन २०७९, १४ : ३९
शनिबार, १४ साउन २०७९

प्युठानमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको, छ भने १४ जना घाइते भएका छन् । शनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका–४ भ्यागुते भन्ने ठाउँमा स्वर्गद्वारीबाट भिङरीतर्फ गइरहेको लु ३ च ३५३ नम्बरको जिप दुर्घटनामा एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  प्युठानले जनाएको छ ।  

घटनामा रुपन्देही मायादेवी गाउँपालिका ३ की ३२ वर्षीय  मायादेवी ठाकुरको   मृत्यु भएको  छ ।  प्रहरीका अनुसार ९ जना घाइतेलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ। अन्य ५ जनालाई सामान्य उपचारपछि घर फर्किएका छन् ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका १७ जना स्थानीयवासी जिप रिजर्भ गरी स्वर्गद्वारी मन्दिर दर्शन गर्न  गएका थिए । ब्रेक फेल भएर जिप दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप