मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद

मङ्गलबार, ३० असार २०८३, २३ : ०८
मङ्गलबार, ३० असार २०८३

सारांश

  • विभिन्न ठाउँमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • उनीहरूको कोठा खानतलासी गर्दा चोरी गर्न प्रयोग गरिने औजार र चोरीका विभिन्न सामान फेला पारेको थियो ।
  • प्रहरीले नगद, सुनचाँदीका गरगहना, ड्रोन, ल्यापटप लगायतका सामान बरामद गरेको छ ।

विराटनगर । विभिन्न मिति, समय र स्थानमा सुनचाँदीका गरगहना, नगद रुपैयाँ तथा इलेक्ट्रोनिक्स लगायतका सामानहरू चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाका आधारमा मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका वडा नम्बर ६ स्थित डेरा कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा जिल्ला झापा दमक नगरपालिका वडा नम्बर ९ बस्ने ३८ वर्षीय तेजु कुमार साह र सोही ठाउँको वडा नम्बर १० बस्ने ४० वर्षीय अमर राना मगर रहेका छन् । प्रहरीले उनीहरूको कोठा खानतलासी गर्दा चोरी गर्न प्रयोग गरिने औजार र चोरीका विभिन्न सामान फेला पारेको थियो । 

पक्राउ परेकाहरूसँग आवश्यक सोधपुछ गर्ने क्रममा उक्त चोरी कार्यमा झापा दमक नगरपालिका वडा नम्बर ३ बस्ने ५५ वर्षीय गणेश राजवंशी पनि संलग्न रहेको खुलेपछि उनलाई सोही दिन साँझ १७ः०० बजे उर्लाबारी नगरपालिका वडा नम्बर ६ मावापुलबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीले तेजु कुमार साहको डेरा कोठाबाट चोरीमा प्रयोग हुने ग्लु गन औजार १ थान, नेटको तार १ थान, कालो माक्स ५० पिस, तिला उखाल्ने रड २ थान, ह्यामर १ थान, रेन्ज १ थान, सलाई रेन्ज १ थान र पेचकस २ थान बरामद गरेको छ । 

यसैगरी इलेक्ट्रोनिक्स सामानतर्फ ड्रोन २ थान, ड्रोनको रिमोट ३ थान, ड्रोनको ब्याट्री २ थान, सेल्फी स्टिक १ थान, गोप्रो क्यामेरा १ थान, एलइडी बत्ती १ थान, सामसुङ ट्याब १ थान, एमएसआईको ल्यापटप १ थान, माउस १ थान, किबोर्ड प्याड १ थान, वायरलेस माउस र किबोर्ड १र१ थान तथा स्मार्ट वाच १ थान फेला परेको छ । 

धनमालतर्फ नगद १ लाख रुपैयाँ, चाँदीको ड्रागन चुरा २ थान, चाँदीको सिक्री ३ थान, चाँदीको पाउजु ४ थान, चाँदीको औँठी ४ थान, चाँदीको चुरा १ थान ९दुई टुक्रा०, चाँदीको बुटी १ थान, रातो पोते १२ थान, मोति माला ४ थान र हरियो पोते ६ थान बरामद भएको छ । 

साथै, पछि पक्राउ परेका गणेश राजवंशीको साथबाट प्रहरीले नगद ४ हजार ५ सय रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप