नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
मङ्गलबार, ३० असार २०८३, २१ : ५९
बुटवल । रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले गोप्य सूचनाका आधारमा गरेको अपरेसनमा एक भारतीय नागरिक र पाँच नेपाली नागरिकलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट एक हजार दरका नक्कली नेपाली नोट छाप्ने मेसिन तथा ५ लाख ९२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको प्रहरीले स्रोतले रातोपाटीलाई जनाएको छ ।
गिरोहले नेपाली युवाहरूलाई प्रयोग गर्दै आफ्नो सञ्जाल विस्तार गरेको खुलेको घटनाका मुख्य योजनाकार अर्का एक भारतीय नागरिक खोजी भइरहको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेकोले भोलि थप केही नयाँ तथ्य आउन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण भोलि बुधबार दिउँसो जिल्ला प्रहरी कार्यलयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण