मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’

मङ्गलबार, ३० असार २०८३, २२ : ५५
मङ्गलबार, ३० असार २०८३

इलाम। स्थानीय तुलसी पिठाकोटेले बहुखेती प्रणालीमार्फत मनग्गे आम्दानी गरेका छन्।

फाकफोकथुम गाउँपालिका–५ का युवा उद्यमी पिठाकोटेले २५ रोपनीमा अलैँची, नौँ रोपनीमा चिया र सात रोपनीमा किबी खेती गरी सन्तोषजनक आम्दानी गरेका हुन्।

उनको खडकुडे बहुउद्देश्यीय कृषि फार्मबाट वार्षिक करिब ३५ क्वीन्टल किबी, १५ मन अलैँची र एक हजार किलोग्राम चिया उत्पादन हुन्छ। “कृषि कर्ममा डटेर लागेपछि भविष्य बन्यो”, पिठाकोटेले भने, “कृषिमा बगाएको पसिनाले, सपना पनि फल्दो रहेछ”, उनले वार्षिक रु २० लाख बचत र फर्ममा १५ जनालाई रोजगारी प्रदान गरेका छन्।

भविष्यमा किबीबाट जुस, जाम र वाइन उत्पादन गरी मूल्य अभिवृद्धि गर्ने तथा अलैँचीलाई आधुनिक भट्टीमार्फत प्रशोधन गर्ने उहाँको योजना छ। “किबी भण्डारण गर्ने ठाउँ छैन। अलैँची आधुनिक भट्टी बनाएर प्रशोधन गर्नुछ । पूर्वाधार समस्याले सकिरहेको छैन”, उनले भने।

कृषि कर्ममा लागेवापत उहाँलाई पालिकाले ५० प्रतिशत अनुदानमा कृषि उपकरण उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप