मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आफ्नै संस्थाका कार्यक्रम निर्देशकलाई स्वर्णिमले बनाए वाणिज्य बैंकको सञ्चालक

मङ्गलबार, ३० असार २०८३, १६ : ०३
मङ्गलबार, ३० असार २०८३

सारांश

  • अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नै संस्थाकी कार्यक्रम निर्देशक आस्था भट्टलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक बनाएका छन् ।
  • शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट भट्टलाई अर्थ मन्त्रालयको तर्फबाट बैंकको सञ्चालकमा नियुक्त गरिएको हो ।
  • नियुक्त भट्ट हाल बैंकको दोस्रो वरियताको सञ्चालक बनेकी छिन् ।

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नै संस्थाकी कार्यक्रम निर्देशकलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक बनाएका छन् । 

शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै वाग्लेले उनलाई अर्थ मन्त्रालयको तर्फबाट बैंकको सञ्चालकमा आस्था भट्टलाई नियुक्त गरेका हुन् ।

बैंकमा नियुक्त भएकी भट्ट इन्सिच्युड अफ इन्ट्रिग्रेटेड डेभलपमेन्ट स्टडिजकी कार्यक्रम विशेषज्ञ हुन् । अर्थमन्त्री बन्नु अघिसम्म पनि स्वर्णिम वाग्ले सोही संस्थामा चेयरम्यान एमिरेटस थिए ।

नियुक्त भएकी भट्ट हाल बैंकको दोस्रो वरियताको सञ्चालकको रूपमा रहेकी छिन् । पहिलो वरीयतामा अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल छन् । अब सञ्चालकहरू मध्येबाट एक जना बैंक सञ्चालक समितिको अध्यक्ष बन्नेछन् ।

राष्ट्रिय वाणिज्य बैंकका डीईओ पवन रेग्मीले मन्त्रीस्तरीय निर्णय अनुसार सञ्चालकको रूपमा नियुक्त भएको र सोमबार कार्यभार सम्हालेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप