सामाजिक विकास कार्यालय जुम्लाको पुँजीगत खर्च ९३ प्रतिशत
सारांश
- सामाजिक विकास कार्यालय जुम्लाले पुँजीगत बजेटको ९३ प्रतिशत खर्च गरेको छ ।
- कार्यालयले समग्रमा करिब ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
- विकास निर्माणका काम जनताले महसुस गर्ने गरी अगाडि बढाउनुपर्ने सुझाव छ ।
जुम्ला । सामाजिक विकास कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा पुँजीगत बजेटको ९३ प्रतिशत खर्च गरेको छ ।
मङ्गलबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख टोपबहादुर बुढाले चालुतर्फको कुल बजेटको ८३ प्रतिशत र सङ्घीय ससर्त अनुदानतर्फको कुल विनियोजित बजेटको ७३ प्रतिशत खर्च भएको जानकारी दिए ।
उनका अनुसार कार्यालयको कुल बजेट रु १० करोड १८ लाख ४८ हजारमध्ये करिब रु नौ करोड तीन लाख खर्च भएको छ । समग्रमा करिब ९० प्रतिशत वित्तीय प्रगति हासिल भएको उनले बताए ।
भौतिक पूर्वाधार निर्माणतर्फ २० वटा विद्यालय भवनमध्ये १९ वटा निर्माण सम्पन्न भएका छन् । चालु आर्थिक वर्षमा ४३ वटा कक्षाकोठा निर्माण सम्पन्न भएका छन् । त्यस्तै, छ वटा घेराबार, दुई वटा पर्खाल तथा अन्य ३४ वटा विकास आयोजनामध्ये ३३ वटा सम्पन्न भएको कार्यालय प्रमुख बुढाले जानकारी दिए ।
उच्च शिक्षातर्फ अपाङ्गता छात्रवृत्तिमा आठ, प्राविधिक छोरीबुहारी छात्रवृत्तिमा ३० र दलित छात्रवृत्तिमा पाँच गरी ४३ जना विद्यार्थी लाभान्वित भएको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंले सहज सेवा प्रवाह र विकास निर्माणका काम जनताले प्रत्यक्ष महसुस गर्ने गरी अगाडि बढाउन आवश्यक रहेको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सामाजिक क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकास कार्यालय जुम्लाको पुँजीगत खर्च ९३ प्रतिशत
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण