मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ

मङ्गलबार, ३० असार २०८३, २२ : ३८
मङ्गलबार, ३० असार २०८३

काठमाडौँ । प्रहरीले युवा संघका सचिवालय सदस्य वकिल बमसहित २४ जनालाई जुवा खालबाट पक्राउ गरेको छ ।

मंगलबार बिहान १ बजेतिर तारकेश्वर नगरपालिका–३ स्थित तीनपिप्लेबाट बमसहित २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

जुवा खालबाट प्रहरीले ९ लाख ८० हजार नगद बरामद गरेको छ ।

वकिल बम २०८२ चैत २१ मा पनि गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका थिए । उनी कालिकोटको पलाता गाउँपालिकाका स्थानीय हुन् । तारकेश्वरको रिसोर्टमा सञ्चालित सो जुवाखाल काभ्रे धुलिखेल घर भएका मिलन भन्ने प्रेम लामा र रोशी गाउँपालिका–१ घर भएका राम लामाले सञ्चालन गरेको थाहा भएको छ ।

प्रहरीले मिलन, राम र छिरिङ लामासहित दुई दर्जन जुवाडेहरूलाई पक्राउ गरेको छ ।

जुवाखाल सञ्चालक मिलनले काठमाडौँको ठमेलमा स्काई डान्सबार र रामले चाहना डान्सबार सञ्चालन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप