बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
प्रदेश सरकार

कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा

बुधबार, ३१ असार २०८३, १० : ०६
बुधबार, ३१ असार २०८३

 सुर्खेत । कर्णाली  प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले संयुक्त रूपमा दिएका हुन् । उनीहरू ०८१ साउनमा मन्त्री बनेका थिए । 

पार्टीभित्र उनीहरूको कार्यसम्पादनप्रति निरन्तर प्रश्न उठिरहेको थियो । यद्यपि मुख्यमन्त्री यामलाल कँडेलले स्वीकृत भने गरिसकेको अवस्था छैन ।

मुख्यमन्त्री मन्त्रिपरिषद्को बैठकमा  रहेकाले स्वीकृत हुन बाँकी रहेको स्रोतले रातोपाटीलाई बताएको छ। 

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि कांग्रेसका मन्त्रीले राजीनामा दिएको रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप