मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
सारांश
- गृहमन्त्री सुधन गुरुङले मिटरब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेका पीडितहरूसँग निजगढमा भेटघाट गरेका छन्।
- सरकारको तर्फबाट वार्ता गर्न पुगेका गृहमन्त्रीसँग ६ बुँदे मागबारे पहिलो चरणको वार्ता सम्पन्न भएको छ।
- दोस्रो चरणको वार्ताका लागि सरकार र आन्दोलनरत पक्ष दुवै आन्तरिक गृहकार्यमा जुटेका छन्।
काठमाडौँ । जनकपुरबाट सुरु भएको 'मिटरब्याज विरुद्धको (पैदल) न्याय मार्च' को छैटौँ दिन बाराको निजगढमा नेपाल सरकारका गृहमन्त्री र आन्दोलनरत पक्षबिच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।
निजगढस्थित उद्योग वाणिज्य संघको हलमा भएको वार्तामा मिटरब्याज पीडितहरूले अघि सारेका ६ बुँदे मागका विषयमा छलफल भएको छ । काठमाडौँतर्फ पैदल यात्रामा रहेका पीडितहरूलाई भेट्न र समस्याबारे छलफल गर्न गृहमन्त्री निजगढ पुगेका हुन्।
मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिका प्रवक्ता नवि निर्गका अनुसार पहिलो चरणको वार्ता सकारात्मक रूपमा सम्पन्न भएको र अब दोस्रो चरणको वार्ताका लागि तयारी भइरहेको छ ।
प्रवक्ता निर्गले भने, 'निजगढस्थित उद्योग वाणिज्य संघको हलमा गृहमन्त्रीसँग हाम्रा ६ बुँदे मागबारे पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दोस्रो चरणको वार्ताको लागि सरकार र आन्दोलन दुवै आन्तरिक गृहकार्यमा जुटेका छौँ।'
आफ्ना मागहरू पूरा गराउन र विगतमा भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयनका लागि दबाब दिन पीडितहरूले असार २५ गते जनकपुरधामबाट पैदल न्याय मार्च सुरु गरेका थिए । दुवै पक्ष आन्तरिक छलफल र गृहकार्यमा जुटेकाले छिट्टै दोस्रो चरणको वार्ता सुरु हुने सङ्घर्ष समितिले जनाएको छ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_HElEzhkbZv.jpg)
_1gmsoBT1F9.jpg)
_bTliMVGDS8.jpg)
_RJ9oUDKxCK.jpg)
_iF71Cmcvq7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण