सेनाद्वारा विद्यालय भवन निर्माण
सोमबार, १६ साउन २०७९, ०६ : २९
नेपाली सेनाले झापा गाउँपालिका वडा नं ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । सेना र नागरिक सम्बन्ध विस्तार योजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन नेपाली सेनाका पूर्वी पृतनापति सहदेव खड्काले विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीलाई हालै हस्तान्तरण गरे । सो अवसरमा पृतनापति खड्काले सेना र जनताबीचको सम्बन्धलाई अझ बलियो बनाउन विद्यालय भवन निर्माण गरिएको बताए ।
सभाकक्ष, कक्षाकोठा र शौचालयसहितको भवन निर्माणका लागि रु ३५ लाख बजेट उपलब्ध गराए पनि रु ३२ लाख १८ हजार आठ सय ५५ मा ठेक्का लागेर भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीले जानकारी दिए ।भवन हस्तान्तरण कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले विद्यालय भवनले ग्रामीण क्षेत्रको शिक्षाका विकासमा टेवा पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण