मिस कोशीको पहिलो अडिसनबाट २० जना छानिए
सातौँ संस्करणको मिस कोशी–२०२२ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । सुनसरीको इटहरी, धरान र विराटनगरमा भएको पहिलो अडिसनबाट २० जना किशोरी छनौट भएका हुन् । अडिसनमा सहभागी भएर उत्कृष्ट भएका प्रतियोगिहरूलाई फाइनलको लागि छनौट गरिएको हो ।
पहिलो अडिसनबाट छनौट भएकाहरूमा खोटाङकी चाँदनी राई, विराटनगरकी निरिछा मंण्डल, बबिता राय, इनरुवाकी श्रुती कुमारी उरॉव, सिरहाकी ऐश्वर्या कुमारी सिहं, दुहबीकी सिर्जना लुईटेल, मोहत्तरीकी सानी खातुन, धरानकी तृप्ता राई, गिता लिम्बु, धनकुटाकी मुना लिम्बु, नुमाफुङ निलेखु, तेह्रथुमकी बिनिता लिम्बु रहेका छिन् ।
यस्तै रामधुनीकी भावना राई, ओखलढुङ्गाकी सोनिया राई, सम्झना बस्नेत, भोजपुरकी समिक्षा श्रेष्ठ, सुन्दरहरैचाकी सफायर राई, इटहरीकी सृष्टी पाख्रेल, दिया घिमिरे र लेटाङकी स्मृती लामा रहेका छन् ।
प्रतियोगिताको दोस्रो अडिसन साउन २१ र २८ गते धरान, इटहरी र विराटनगरमा हुने जय मिडिया म्यानेजमेन्ट प्रालिको सिइओ नीशा खतिवडाले जानकारी दिइन् । ‘पहिलो अडिसन सकिएको छ,’ उनले भनिन्, ‘दोस्रो अडिसनको तयारीमा जुटेका छौँ । ’
जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा प्रत्येक वर्ष मिस कोशी प्रतियोगिता हुँदै आएको छ । अहिले हुन लागेको सातौं संस्करणको मिस कोशी हो । सातौं संस्करणको मिस कोशी भव्य र सभ्य तरिकाले हुने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए ।
अडिसनबाट छनौट भएका प्रतियोगीहरूको लागि भदौमा प्रशिक्षण सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण