संगीतकार योगेन्द्रका तीन एल्बम एकसाथ विमोचन
संगीतकार योगेन्द्र उपाध्यायका तीन एल्बम एकसाथ विमोचन गरिएको छ । राजधानीको जमलस्थित सांस्कृतिक संस्थानमा आयोजित एक कार्यक्रमकाबीच योगेन्द्रका तीन एल्वम ‘सँगै हिडौँन’, ‘काटिमा कुटी’ र ‘क्लीयरकट’ विमोचन गरिएको हो । वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ, गायिका ज्ञानु राणा, संगीतकार राजु सिंह लगायतले एल्बमका संयुक्त विमोचन गरे ।
विमोचन कार्यक्रममा बोल्दै संगीतकार उपाध्यायले आफूले २०७६ सालमै पहिलो एल्बम रिलिजको तयारी गर्दै गर्दा कोभिडका कारण रोकिएको जनाए । २०७७ मा अर्को एल्बम तयार गरेर एकसाथ रिलिजको तयारी गर्दा कोभिडको दोस्रो लहर आएकोले सार्वजनिक गर्न नसकेको बताए । जसका कारण अहिले एकसाथ तीनवटा एल्बम सार्वजनिक गरेको उनको भनाइ छ ।
६ वटा गीत समावेश भएको ‘सँगै हिडौँन’ आधुनिक तथा गजल गीतहरुको संग्रह हो भने ७ वटा गीतहरू समावेश भएको ‘काटिमा कुटी’ लोक फ्लेवरका गीतहरू समावेश भएको एल्बम हो । यस्तै ७ वटा गीतहरु समावेश भएको ‘क्लीयरकट’ वेस्टर्न फ्लेवरका गीतहरुको संग्रह हो ।
२०६८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका योगेन्द्रले २०७१ सालको राष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगितामा संगीत तर्फ प्रथम स्थान हासिल गरेका थिए । २०७५ सालमा योगेन्द्रलाई रेडियो नेपालले ‘ए’ ग्रेडका संगीतकारको सर्टिफिकेट प्रदान गरेको थियो ।
२०६७ र २०६८ सालको भत्ति संगीत प्रतियोगितामा प्रथम भएको योगेन्द्रले २०७१ सालको राष्ट्रब्यापी खुल्ला आधुनिक गीत प्रतियोगितामा संगीत तर्फ प्रथम स्थान हासिल गरेका थिए । योगेन्द्रले त्रिभुवन बिश्व विद्यालयबाट संगीतमै मास्टर्स गरि ‘ललितकलाचार्य’ उपमा समेत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण