लादेन परिवारबाट दान स्वीकारेपछि विवादमा बेलायती राजकुमार
शनिबार, २१ साउन २०७९, ११ : २४
बेलायती राजगद्दीका उत्तराधिकारी राजकुमार चार्ल्सले ओसामा बिन लादेनको परिवारबाट आफ्नो परोपकारी ट्रस्टलाई १ मिलियन पाउन्ड दान स्वीकार गरेपछि विवादमा तानिएका छन् । दान स्वीकार गरेसँगै ७३ वर्षीय राजकुमारको परोपकारी संस्थाले गल्ती गरेको आरोप लागेको छ ।
सल्लाहकारले दान नलिन सुझाव दिए पनि चार्ल्सले बकर बिन लादेन र उनका भाइ साफिकबाट शफिक चन्दा लिएका थिए । ती दुबै जना ओसामा बिन लादेनका सौतेला भाइ हुन् । सन् २०१३ मा लन्डनको क्लेरेन्स हाउसमा ७६ वर्षीय बकरसँगको भेटपछि ७३ वर्षीय चाल्र्सले प्रिन्स अफ वेल्स च्यारिटेबल फण्ड –(पीडब्लूसीएफ)लाई चन्दा लिन सहमति जनाएका थिए । उक्त विषयमा ट्रस्ट र उनको कार्यालयका सल्लाहकारले आपत्ति जनाएका थिए ।
पीडब्लूसीएफका अध्यक्ष इयान चेसााइरले उक्त चन्दा लिन त्यसबेला पाँच ट्रस्टहरूले सहमति जनाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतको मालपोत कार्यालयमा आगलागी
-
तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प
-
सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : भट्टराई
-
कांग्रेस र एमाले एकै बिन्दुमा उभिए मुलुकको समस्या समाधान हुन्छ : डा.कोइराला
-
महेशपुर भन्सारको गोदाममै सड्यो करोडौँको चिनी
-
बागमती सिँचाइ आयोजना ब्यारेजको तीन दशकछि जीर्णाेद्धार