रोल्पामा एक महिलाको शव फेला
शनिबार, २१ साउन २०७९, २० : २४
रोल्पाको एक सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ स्थित निगालपानी सामुदायिक वन क्षेत्रमा शनिबार एक महिलाको शव फेला परेको हो । शव फेला पर्नेमा रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ कि ४४ वर्षीया पानसरी घर्तीमगर रहेकी छन् ।
शुक्रबार बसहान बनमा दाउरा काट्न गएकी उनी बेलुकासम्म नफर्केपछि खोजी गर्दा शव फेला परेको हो । खोजी गर्ने क्रममा शनिबार बिहान ९:१५ बजे मृतकको शव आफन्तले फेला पारेका थिए । शवको पोष्टमार्टम गरेर आफन्तले बुझिसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण