वाम–राष्ट्रवादी गठबन्धन निर्माण गर्न एमाले अग्रसर हुन आवश्यक : माले
नेकपा मालेले देशमा बढ्दो हिन्द–प्रशान्त रणनीति र हिन्द–पश्चिमी स्वार्थ अनुसारका कृयाकलापलाई रोक्न चुनावमा भाग लिने सबै वामपन्थी दलहरूलाई समेट्ने ब्यापक वाम– सहकार्य वा गठबन्धन निर्माण गर्न आवश्यक रहेको जनाएको छ । यस्तो सम्भव नहुने स्थितिमा नेकपा (एमाले) न्युनतम कार्यक्रममा आधारित वाम – राष्ट्रवादी चुनावी सहकार्य वा गठबन्धन निर्माण गर्न अग्रसर हुनु अत्यावश्यक रहेको मालेको ठहर छ ।
‘सरकारले आउने मंसिर ४ गते आम निर्वाचन गर्ने घोषणा गरिसकेको परिप्रेक्ष्यमा देशमा बढ्दो हिन्द–प्रशान्त रणनीति र हिन्द–पश्चिमी स्वार्थ अनुसारका कृयाकलापलाई रोक्नका निम्ति आमनिर्वाचन र प्रदेशको निर्वाचनको सन्दर्भमा चुनावमा भाग लिने सबै वामपन्थी दलहरूलाई समेट्ने ब्यापक वाम– सहकार्य वा गठबन्धन निर्माण गर्न र यस्तो संभव नहुने स्थितिमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले न्युनतम कार्यक्रममा आधारित वाम–राष्ट्रवादी चुनावी सहकार्य वा गठबन्धन निर्माण गर्न अग्रसर हुनु अत्यावश्यक छ भन्ने ठहर बैठकले गरेको छ’, बैठकपछि प्रवक्ता कुमार बेलबासेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैठकले संसदद्वारा १५ फागुनमा एमसीसी–सम्झौता अनुमोदन गरिए पश्चात मुलुकमा हिन्द–पश्चिमी स्वार्थ अनुकुलका कृयाकलाप निष्कर्ष निकालेको छ । बैठकले वर्तमान सरकार तथा त्यसको गठबन्धनका सँगसँगै एमसीसी पारित गराउने कार्यको बिरोध जारी राख्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको–चेक गणतन्त्र र दक्षिण अफ्रिका–दक्षिण कोरियाबिचको पहिलो हाफ गोलरहित
-
एलन मस्कले गुमाए 'ट्रिलियनेयर' को हैसियत
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
-
भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प
-
झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण
-
जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण