एमालेसँग एकता हुन सक्दैन : माले
नेकपा मालेले एमालेसँग अहिलेकै अवस्थामा एकता हुन नसक्ने निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको आधारमा माले र एमालेबीच एकीकरणको चर्चा चले पनि तत्काल यसको सम्भावना नरहेको मालेको आइतबार सम्पन्न स्थायी कमिटी बैठकको निष्कर्ष छ ।
‘यही साउन १७ गते दिवंगत क.तुल्सीलालको स्मृति कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीबाट व्यक्त विचारका आधारमा नेकपा (माले) र नेकपा (एमाले) बिच पार्टी एकीकरणको चर्चा चलेको पाइयो’, मालेले भनेको छ, ‘नेकपा (माले) सहकार्यको क्रममा मूल बिचार मिल्ने पार्टीहरूबीच प्रकृयासंगत ढंगले गरिने सिद्धान्त निष्ठ पार्टी एकीकरणको सधै पक्षधर रहिआएको छ । तर तत्काल यसको सम्भावना नरहेको नेकपा (माले)को ठहर रहेको छ । यसतर्फ ध्यानाकर्षण गर्दै तदनुकुलको आचरणका गर्नको निम्ति सिङ्गो पार्टी पङ्क्तिलाई निर्देशित गर्ने निर्णय बैठकले गरेको छ ।’
बैठकले मितेरी पार्टीलाई मालेमा समाहित गर्ने निर्णय अनुमोदन पनि गरेको छ । साथै मितेरी पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरूलाई पार्टीमा संगठित गर्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको–चेक गणतन्त्र र दक्षिण अफ्रिका–दक्षिण कोरियाबिचको पहिलो हाफ गोलरहित
-
एलन मस्कले गुमाए 'ट्रिलियनेयर' को हैसियत
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
-
भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प
-
झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण
-
जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
