इस्को सेभियामा अनुबन्ध
मङ्गलबार, २४ साउन २०७९, १० : ५०
स्पेनिस ला लिगा क्लब रियल मड्रिडका मिडफिल्डर इस्को अर्को स्पेनिस क्लब सेभिया अनुबन्ध भएका छन् । गत सिजनको ला लिगा र युइएफए च्याम्पियन्स लिग जितेसँगै इस्को सान्टियोगो बर्नाबेउको बसाइमा पूर्णविराम अन्त्य गर्ने मनस्थितिमा थिए ।
नो वर्ष रियल मड्रिडमा बिताएका इस्कोले तीन पटक स्पेनिस ला लिगा र पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । इस्को सन् २०१३ मा मालागाबाट रियाल मड्रिड गएका थिए ।
सेभियाले इस्कोको स्वास्थ्य परिक्षण भइसकेको र उनलाई बुधबार रामोन सान्चेज पिज्वान स्टेडियममा सार्वजनिक गरिने बताएको छ । नयाँ सिजनका लागि सेभियाले अनुबन्ध गरेको इस्को तेस्रो खेलाडी हुन् । यसअघि सेभियाले मर्काओ र एलेक्स टेन्सलाई भित्र्याइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण