साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
बुधबार, २४ असार २०८३, १७ : ३४
सारांश
- साउथ सुपरस्टार यशको बहुप्रतिक्षित फिल्म ‘टक्सिक’ को पहिलो गीत ‘तबाही’ सार्वजनिक भएको छ ।
- गीतमा यश र अभिनेत्री कियारा आडवाणीको अभिनय रहेको छ र यो हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा रिलिज भएको छ ।
- गीतु मोहनदास निर्देशित फिल्म यस वर्षको अगस्ट २६ मा सिनेमाघरमा प्रदर्शन हुँदैछ ।
मुम्बई । साउथ सुपरस्टार यशको प्रतीक्षित फिल्म ‘टक्सिक’ को पहिलो गीत ‘तबाही’ सार्वजनिक गरिएको छ । बहुभाषिक रूपमा सार्वजनिक गरिएको गीतमा यश र अभिनेत्री कियारा आडवाणीको अभिनय छ ।
‘तबाही’ गीत हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा रिलिज सार्वजनिक गरिएको हो । गीतमा विशाल मिश्राले स्वर दिएका छन् भने शब्दहरू राज शेखरले लेखेका हुन् । गीतको सङ्गीत विशाल, बिटुपोन बोरुआ, कन्दर्पा कलिता र त्रिहंगकु लहकरले मिलेर तयार पारेका हुन् ।
गीतु मोहनदासको निर्देशन रहेको फिल्म यस वर्षको अगस्ट २६ मा सिनेमाघरमा प्रदर्शन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण