मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
बुधबार, २४ असार २०८३, १७ : ५०
सारांश
- युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबिच द्विपक्षीय भेटवार्ता भएको छ।
- भेटमा इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न स्वास्थ्य जाँच र भाषा परीक्षाको विषयमा छलफल भएको छ।
- मन्त्री यादव र राजदूत बासले श्रमिकका समस्या समाधान गर्न निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबिच द्विपक्षीय भेटवार्ता भएको छ। उनीहरूबिच मन्त्री यादवको कार्यकक्षमा आज भेटवार्ता भएको हो ।
भेटवार्तामा पछिल्लो समय इजरायल जाने नेपाली श्रमिकलाई देखा परेका समस्या समाधान गर्न छलफल भएको छ । भेटमा इजरायल जान इच्छुक श्रमिकलाई केन्द्रित गरेर स्वास्थ्य जाँच र भाषा परीक्षाको विषयमा छलफल भएको हो।
छलफलमा मन्त्री यादव र राजदूत एरी बासले निरन्तर द्विपक्षीय भेटवार्ता गर्दै श्रमिकका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण